ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा पर्ने हर्कपुरको सुनकोशी नदी किनारमा भेटिएको शबको पहिचान भएको छ । सब सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ७६ कि जानुका बराल रहेको पुष्टि भएको छ । उक्त शब हेरेर आफ्नी आमाको भएको मृतकका छोरा पुरुषोत्तम बरालले सनाखत गरेसँगै शबको पहिचान भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका…