२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

ओखलढुंगा सदरमुकाममा ४५ लिटर अवैध घरेलु मदिरा प्रहरीद्धरा नष्ट


९ आश्विन २०८१, बुधबार  

38
Shares

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) ओखलढुंगामा ४५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । सिद्धिचरण नगरपालिका २ तर्फबाट गोरूमारेभञ्ज्याङ ल्याइँदै गरेको घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आज विहान ८ बजेको समयमा प्रहरी चौकी निशंखेबाट खटिएको गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा १७ वटा स्प्राइटको बोतलमा अन्दाजी ४५ लिटर घरेलु अबैध मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधी, स्थानियबासीको रोहबरमा नष्ट गरीएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : १० बजे