निरन्तर परेको अबिर वर्षाका कारण पहिरे खोलामा आएको बाढीमा फसेको यात्रुबाहाक बस निकालिएको छ । ओखलढुंगको मोलुङ गाउँपालिकाको प्राप्चाबाट सदरमुकाम तर्फ आउदै गरेको बा ४ ख १९९० नम्बरको बस पहिरे खोला निकालिएको हो । खहरेसँगै आएको लेदोमा बस फसेको थियो ।
बसमा सवार यात्रुहरु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी र स्थानियको सहयोगमा बस निकालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
छिटै पहिरे खोलामा अस्थायी बेलिब्रिज राखिने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाका सङ्घीय सांसद रामहरि खतिवडाको बताउनुभयो ।
पहिरे खोलाले बर्सेनि बर्खाको समयमा ओखलढुङ्गा सदरमुकामदेखि पश्चिम क्षेत्रका मोलुङ, सुनकोशी, खिजिदेम्बा, लिखु र चम्पादेवी गाउँपालिकाका नागरिकलाई सवारी आवतजावतमा कष्ट दिने गरेको छ । यो पहिरोले नागरिकलाई दिएको दुःखका कारण जिल्लाका सङ्घ र प्रदेश सांसदहरू आलोचित हुनुपरेका छ ।
११ आश्विन २०८१, शुक्रबार
10
Shares