२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

ओखलढुंगाको भँडारे खोलामा बाढीले लोकमार्ग अबरुद्ध


१२ आश्विन २०८१, शनिबार  

52
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा )सिद्धिचरण लोकमार्गमा पर्ने मानेभञ्ज्याङको भँडारे खोलामा लेदोसहितको बाढीले सडक अबरुद्ध भएको छ ।उक्त खोला नजिकै २ ठाउँमा सडक माथिबाट पहिरो झर्दा सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध भएको सूचना पाउनासाथ नेपाल प्रहरी सडक खुलाउन खटिएको छ । प्रहरीले डिभिजन सडक कार्यालयसँग समन्वय गरेर जेसिबी ल्याएर सडक खुलाउने प्रयास गरिरहेको छ । तर भँडारे खोलामा पानी र लेदो बग्ने क्रम जारी रहेकोले हाल उक्त सडक सुचारु गर्न नसकिएकोले सडक बन्द रहेको सबैमा जानकारीको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  २ : ४२ बजे