२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

अबिरल वर्षाका कारण ९ घर जोखिममा पशुचौपायको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

36
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) अविरल बर्षाका कारण जिल्लामा ९ घर उच्च जोखिममा परेका छन । विहिबार देखी परेको अविरल बर्षाका कारण जिल्लाको चिशंखुगढी र सिद्धिचरणका ९ घर जोखिममा परेको हो । पहिरोले चिशंखुगढी गाउँपालिका – ६ भदौरेको ८ घर जोखिममा परेको छ । हरि बहादुर राना मगर, भेष बहादुर राना मगर, जुक्त बहादुर गुरुङ, भेषनाथ खतिवडा, खिल बहादुर राना मगर, खेम कुमार मगर, ग्रिन बहादुर राना मगर र रुख बहादुर राना मगरको घर जोखिममा परेको हो ।
उक्त स्थानमा प्रहरी चौकी निशंखेबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यस्तै जिल्लाको सिद्धिचरण नगरपालिका–२ खन्यखर्कमा एक घर जोखिममा परेको छ । स्थानिय डिल्ली बहादुर सार्कीको ढुङगा माटो र फुसको छानो भएको २ तल्ले घरको माथिल्लो तल्लाको पुर्ब पट्टीको गारो भत्किई घर जोखिममा परेको हो । उक्त स्थानमा रहेको प्रहरी सहायक निरीक्ष रमेश प्रसाद पटेलको कमाण्डमा खटेको प्रहरी टोलीले सार्कीको परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिनुभयो ।
अबिरल बर्षाको कारण पहिरोले मतान भत्किदा २ वटा पशुको मृत्यु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउपालिका – ९ माधवपुरका वर्ष ४६ को पदम बहादुर दमाईको मतान पहिरोले भत्किदा बाधि राखेको १ वटा गोरु र १ वटा गाईको मृत्यु भएको हो । गोरुको उद्धार गर्ने क्रममा काठले थिचेर पदम बहादुर दमाई घाईते भएका छन् । हाल उनको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै सिद्धिचरण लोकमार्गमा पर्ने मानेभञ्ज्याङको भँडारे खोलामा लेदोसहितको बाढीले सडक अबरुद्ध भएको छ । उक्त खोला नजिकै २ ठाउँमा सडक माथिबाट पहिरो झर्दा सडक अबरुद्ध भएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ५९ बजे