ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको सिमानामा रहेको लिपे खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं १ कुन्तादेवीकी ५२ बर्षिया दिल कुमारी श्रेष्ठ रहेकी छन् । आइतबार दिउँसो लिपे खोला किनारमा महिलाको शब फेला परेको खबर बाहिर आए पछि शबको पहिचान गर्ने क्रममा शब फेला परेकोे सिद्धिचरण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विवेक खड्काले जानकारी दिनुभयो । शबलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
१४ आश्विन २०८१, सोमबार
0
Shares