१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

रुम्जाटारबाट उडान सेवा सञ्चालन गर्न सांसद खतिवडाको माग


१४ आश्विन २०८१, सोमबार  

36
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा )राज्य व्यवस्था तथा सुशासन समित सभापति रामहरि खतिवडाले रुम्जाटार विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँग माग गरेका छन् । अविरल वर्षाका कारण सबै सडकहरु भत्किएकाले रुम्जाटार विमानस्थलबाट काठमाडौं र विराटनगरमा उडान भर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसँग माग गरेका हुन । असोज ११ र १२ गते आएको वर्षाका कारणले राजधानीबाट जिल्ला आवातजवातमा संभव नदेखिएको कारण खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीलाई विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न निवेदन लेखेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : ११ बजे