१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन


१६ आश्विन २०८१, बुधबार  

14
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा )जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । नजिकि रहेको चाडपर्वलाई लक्षित गरि यात्रुको सहजताका लागि सिद्धिचरण नगरपालिका–११ रमाईलो डाडाँमा यात्रु सहायता जता कक्ष सञ्चालन गरिएको हो । जिल्लाको विभिन्न स्थान हुँदै भित्रिने र बाहिरिने सवारीसाधनहरुमा सवार गर्ने यात्रुहरुलाई तोकिएको दर रेट भन्दा बढी भाडा असुल भएमा, यात्रा गर्दा आफ्नो सामानहरु हराएमा वा छुटी जाने भएमा, टिकट बुकिङ्ग भएको अवस्थामा यात्रु अलपत्रमा परी आफुले टिकट बुकिङ्ग गरेको सवारी साधन छुटेमा यात्रुले सहायता कक्षमा तत्काल खबर गर्न ट्राफिक प्रहरी प्रमुख आषिस काफ्लेले अनुरोध गरेका छन् । यात्रा गर्दा यात्रुहरुको बहुमुल्य सामानहरु चोरी, लुटपाट भएमा वा हराएमा, कुनै पनि व्यक्तिबाट दुव्र्यवहार भएमा, महिलाहरु माथि कुनै पनि किसिमले यौनजन्य दुव्र्यवहार भएमा पनि उजुर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १२ : ४९ बजे