२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

चिशंखुगढीको एक घर जलेर नष्ट, तिन लाख क्षती


२० आश्विन २०८१, आइतबार  

50
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) चिशंखुगढी गाँउपालिकामा शनिबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिवार अपरान्ह ४ बजेतिर आगलागी हुँदा जिल्लाको चिशंखुगढी गाँउपालिका वडा नं. १ कुइभिरका देशमान राइको घर जलेर नष्ट भएको हो । विद्युत सर्ट भएर अचानक आगलागी हुँदा राइको ढुङगा माटोको गारो, टिनको छानो भएको १ तले ३ कोठे घर जलेर नष्ट भएको हो । घर आगलागी हुँदा त्यहाँ रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन र सोहि घरमा रहेको किराना पसल भित्र रहेको सर–सामान समेत पुर्ण रुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।आगलागी बाट करीब ३ लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।आगलागीमा मानविय र पशुचौपायाको भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ३२ बजे