२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

ओखलढुंगामा शेर्पा नृत्य प्रशिक्षण तथा उद्घोषण तालिम हुँदै


२२ आश्विन २०८१, मंगलबार  

140
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) सिद्धिचरण नगरपालिका – ५ वर्णालुमा भोलि बाट शेर्पा संस्कृतिमा आधारित श्याब्रु नृत्य प्रशिक्षण हुने भएको छ । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा १ महिने श्याब्रु (श्याप्ट नृत्य) तथा शेर्पा भाषामा आधारभुत उद्घोषण तालिम हुने भएको हो ।

शेर्पा जातिको संस्कार, संस्कृतिको संरक्षण र पहिचानका लागि तालिम आयोजना गर्न लागेको नेपाल शेर्पा संघ ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो । नेपाल शेर्पा संघले शेर्पा जातिको भाषा, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विगत देखी नै श्याब्रु नृत्य, उद्घोषण तालिम लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सदरमुकाम आसपासका शेर्पा समुदायलाई लक्षित गरी श्याब्रु नृत्य प्रशिक्षण सँगै शेर्पा यीटो प्रशिक्षण र शेर्पा भाषामा आधारभुत उद्घोषण तथा भाषणकला तालिम हुने भएको हो ।
तालिममा शेर्पा युवाहरुको सहभागिताले भाषाको संरक्षण तथा सम्बद्र्धन कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । प्रशिक्षक लामा आचार्य पेमा रिन्जी शेर्पाको सहजीकरणमा असोज २३ गते भोलिबाट कार्तिक २३ सम्म तालिम सञ्चालन हुने नेपाल शेर्पा संघ ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : ३६ बजे