२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

बीपी राजमार्ग भोलिदेखि खुल्ने


२४ आश्विन २०८१, बिहिबार  

66
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा )काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । यही असोजको १०, ११ र १२ गतेको बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । तर रातदिन र चाडपर्व नभनी काम भइरहेकाले भोलिदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभएको छ । काठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।अब भोलिदेखि नै सडक खुल्ने भएकाले टीका लगाउन जान सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाण्डौ आउजाउ गर्न सक्ने सचिव शर्माले जानकारी दिनुभएको छ

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १२ : ०३ बजे