१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

मोलुङका पहिरो पीडित ४५ परिवारलाई राहत वितरण


२४ आश्विन २०८१, बिहिबार  

26
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको मोलुङ गाउँपालिका–७ का पहिरो पीडित ४५ घर परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राहत प्रदान गरेको छ । कम्पनीको शाखा कार्यालय ओखलढुंगाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गौरीडाँडा, जेसे र पात्लेका ४५ घर पहिरो पीडितलाई राहत प्रदान गरिएको हो । कम्पनीले १ लाख ५६ हजार बराबरको चामल, दाल, नुन, तेल र साबुन लगायतको खाद्यान्न सामाग्री प्रदान गरिएको शाखाका म्यानेजर छवि मग्रारातीले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा मोलुङ गाउँपलिका संस्थापक अध्यक्ष मणिराज राई, वडा नम्बर ७ का वडाअध्यक्ष हेम बहादुर सुनुवार, कार्यपलिका सदस्य दिल कुमारी विक, युवा नेता गोपाल नेपाल , एजेन्सी मेनेजर खड्ग सुनुवार, युवा नेता भुमरी लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ४ : ३६ बजे