२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड अवरुद्ध


२५ आश्विन २०८१, शुक्रबार  

46
Shares

ओखलढुंगा ( रेडियो ओखलढुंगा )सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गको उदयपुर कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार ठूलो पहिरो खसेकाले स्काभेटर, जेसिवीले मात्रै तत्काल सडक खुलाउन सक्ने अवस्था छैन । पहिरो हटाउन ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरिएको उहाँको भनाइ छ ।
कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको जानकारी दिनुभयो । कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएपछि खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु आउजाउ गर्ने यात्रुलाई समस्या भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ०५ बजे