ओखलढुंगा (रेडियो ओखलढुंगा) यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ ।कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो वर्ष महाअष्टमी र महानवमी पर्व शुक्रबार एकैदिन परेको छ । घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत विजयादशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा रहेको समितिले जनाएको छ ।
२५ आश्विन २०८१, शुक्रबार
22
Shares