८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

प्रथम चौरास प्रीमियर लिग सिजन–१ फुटबल प्रतियोगिता भोलिदेखी


८ कार्तिक २०८१, बिहिबार  

0
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको मानेभन्ज्याङमा प्रथम चौरास प्रीमियर लिग सिजन–१ पुरुष फुटबल प्रतियोगिता भोलिबाट सुरु हँुदै छ । मानेभन्ज्याङ गाउँपालिका–३ उँबु रिनुवाल ब्वाकुला खेलमैदानमा भोलिबाट प्रथम चौरास प्रीमियर लिग सिजन–१ पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । “एकताको लागि खेलकुद, स्थानीय विकास र आन्तरिक पर्यटन प्रवर्द्धनको लागी चौरास प्रीमियर लिग सिजन –१ ” भन्ने नाराका साथ चौरास प्रीमियर लिग सञ्चालक समितिको आयोजना र रिनुवाल फुटबल क्लबको सह आयोजनामा मानेभञज्याङ गाउँपालिका र वडा–३ उँबुको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको खेल संयोजक दर्वराज राईले बताउनुभयो । प्रथम चौरास प्रीमियर लिग सिजन–१ कार्तिक २ गतेदेखी सञ्चालन गर्ने भनिए पनि विविध कारणले खेल स्थगित भएको खेल संयोजक राईले बताउनुभयो । भोलिबाट कार्तिक ९ गते सम्म सञ्चालन हुने खेलको सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश २ लाख २२ हजार २ सय २२ को साथमा शिल्ड मेडल प्रमाण–पत्र र १ लाखको साथमा शिल्ड मेडल प्रमाण–पत्र प्रदान प्राप्त गर्ने छन । त्यस्तै सेमी फाइनलिस्ट २ टिमलाई नगद ३०÷३० हजार प्रदान गरिने र लिग चरण खेलहरुमा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई मायाको चिनो प्रदान गरिने खेल संयोजक राईले बताउनुभयो । संयोजक राईका अनुसार क्वाटर फाइनलबाट उत्कृष्ट खेलाडीलाई नगद २ हजार प्रदान गरिने छ । प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ५६ बजे