ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगा गर्भपतन गरेर सडकमा शिशु फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको बच्चा गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो । अनैतिक शारीरिक सम्पर्कबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताउनुभयो । ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । प्रहरीले आरोपितहरुको परिचय गोप्य राखेको जनाइएको छ ।
९ कार्तिक २०८१, शुक्रबार
4
Shares