ओखलढुंगा(रेडियो ओखलढुंगा) सिद्विचरण नगरपालिका र साहस नेपालद्धरा जन्मजात मानसिक अपाङ्गता भएका परिवारलाई दैनिक उपभोग्य खाद्यन्न समाग्री वितरण गरिएको छ । आज शुत्रबार जिल्लाको सिद्विचरण नगरपालिका वडा नं ३ अधेरीका जन्मजात मानसिक अपाङ्गता भएका परिवारलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री वितरण गरिएको हो । विगत केही वर्षदेखि नगरपालिका र साहास नेपालले उनिहरुलाई दैनिक उपभोग्य खाद्यन्न समाग्री वितरण गर्दै आएको सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनालले जानकारी दिनुभयो । बाबा र आमा दुबै जना नभएका जन्मजात मानसिक अपाङ्गता भएका ४ जना बालबालिकाको हेरचाह उनिहरुका काका र काकीले गर्दै आउनुभएको नगरप्रमुख खनालले बताउनुभयो । नगरपालिका प्रमुख तेजन खनाल, महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङ, अधिवक्ता बोधनारायण कटवाल साहस नेपालका कर्मचारीको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो ।
९ कार्तिक २०८१, शुक्रबार
46
Shares