३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मोलुङमा सुमो दुर्घटना हुँदा दुई जना घाईते


१३ कार्तिक २०८१, मंगलबार  

40
Shares


ओखढुंगा (रेडियो ओखलढुंगा )काठमाण्डौबाट रामपुर तर्फ आउदै गरेको सुमो दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको मोलुङ गाउँपालिका –२ थापाचौर स्थित ओखलढुंगा रामपुर भित्रि सडकखण्डमा सुमो अनियन्त्रित भई सडकको भित्तामा ठोकि दुर्घटना हुँदा दुई जना घाईते भएका हुन् । ९ जना यात्रु सवार रहेको ना १ ज ६४४६ नं.को सुमो आज ४ः४० बजेको समयमा दुर्घटना हुँदा मोलुङ –२ को ३८ की दुर्गा कार्की र ७९ वर्षकी यशोदा दाहाल घाईते भएका छन् । अहिले सामुदायिक मिसन अस्पताल ओखलढुंगामा घाईतेहरुकोे उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । सुमो र चालक ईलाका प्रहरी कार्यालय बरुणेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : २० बजे