२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

आदिवासी जनजातिलाई सांस्कृतिक बाजा वितरण


१३ कार्तिक २०८१, मंगलबार  

2
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको सुनकोशी गाउँपालिकाका आदिवासी जनजातिलाई मौलिक बाजा वितरण गरिएको छ । मंगलबार नेपाल आदिवासी जनजाति महासंघ ओखलढुंगाले गाउँपालिकाको आदिवासी जनजाति बसोबास गर्ने सबै वडालाई मौलिक बाजा वितरण गरेको हो । विभिन्न जातजातीको संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले बाजा वितरण गरिएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुबास तामाङले बतानुभयो । पछिल्लो समय नयाँ युवा पुस्ताले समेत संस्कार संरक्षणमा चासो नराखेकाले आदिवासी जनजातिलाई लक्षित गरि मादल १५ थान, तामाङको डम्फू २० थान, राईको ढोल २ थान, नेवारी ढोल २ थान, सुनुवार ढोल १ थान, झ्याम्टा ५ थान, खैजडी १० थान गरि करिब ३ लाख ९३ हजार बराबरको सामाग्री वितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : ५० बजे