२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

साफ महिला च्याम्पियनशिपः उपाधिका लागि घरेलु टोलि नेपाल र बङ्गलादेश भिड्दै


१४ कार्तिक २०८१, बुधबार  

26
Shares

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि घरेलुटोलि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज (बुधबार) बेलुका साढे ६ बजे शुरू हुनेछ सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् ।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो र माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो ।
त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।
यस अघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जितेर ईतिहास रचने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने लक्ष्यमा छ ।

नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ । सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बङ्गलादेशलाई नै हराएर फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : ५४ बजे