२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

१६ लाख भन्दाबढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ’एचपीभी’ खोप लगाउँदै


१४ कार्तिक २०८१, बुधबार  

30
Shares

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) सरकारले १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध ’एचपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले आगामी माघ महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध ’एचपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको हो । विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । १६ लाख ८८ हजार किशोरीले एचपीभी खोप लगाउने सरकारको अनुमान छ । माध्यमिक तहका विद्यालयलाई खोप केन्द्र बनाउने तयारी रहेको पनि शाखाका प्रमुख गौतमले बताउनुभयो ।
यसअघि सरकारले सात प्रदेशका एक÷एक वटा सङ्घीय अस्पतालमा नमूनाका रूपमा अभियना सञ्चालन गरी नौ हजार नौ सय ९९ किशोरीलाई ’एचपीभी’ खोप लगाएको थियो । सरकारले निःशुल्क लगाउन लागेको यो खोपको बजार मूल्य ६ हजार रुपैयाँ रहेको छ ।
नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ३१ बजे