ओखलढुंगा (रेडियो ओखलढुंगा)। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वको समयमा पटका, अतिस वाजी जस्ता विष्फोटक तथा अति प्रज्वलनशील पदार्थ आयत, बिक्री वितरण, ओसार–पसार तथा प्रयोग गर्ने लगायतका गतिविधि नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । यस्तै जुवा, तास खेल्ने खेलाउने जस्ता क्रियाकलापहरु नगर्न आग्रह गरेको छ ।कानुन अनुसार निषेध गरिएका यस्ता कार्यहरु गरिएको पाईएमा त्यस्ता कार्यमा संलग्नलाई कानुनबमोजिम कारवाही गरिने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ ।
१४ कार्तिक २०८१, बुधबार
34
Shares