२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जित्यो


१४ कार्तिक २०८१, बुधबार  

66
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक हात पारेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पु¥याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए ।
यसअघि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ३ : ११ बजे