ओखलढुंगा(रेडियो ओखलढुंगा) जोखिम न्युनीकरणका लागी बहस–पैरवी सम्बन्धी अभिमुखिकण कार्यक्रम गरेको छ । मंगलबार सिद्धिरण नगरपालिका –१२ स्थित महिला जागरण हलमा सामाजिक सुरक्षा कार्यसमिति सदस्यहरुको लागी विपद जोखिम न्युनीकरणका लागी बहस–पैरवी सम्बन्धी अभिमुखिकरण तथा छलपल कार्यक्रम गरेको हो ।
कार्यक्रममा विपद र जलवायु परिवर्तन, बहस–पैरवी सम्बन्धी जानकारी र परिचय बहस–पैरवीका सवालहरुको पहिचान बहस–पैरवीका गतिविधिको प्राथमिकिकरण पैरवीका लागी सरोकारवालाहरुको विश्लेषण र जिम्मेवारी सहित कार्ययोजना निमार्ण गरिएको महिला सामुदायिक सुरक्षा जालो ओखलढुंगाका अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिनुभयो । छलफलका क्रममा पैरवी गर्नुपर्नुे सवालहरुको सुची बनाउने, सबालहरुको प्राथमिकिकरण गर्ने, समन्वय गर्नेुपर्ने निकायहरुको पहिचान समाजिक सुरक्षा जालोका कार्यसमिति सदस्यहरुको जिम्मेवारी तोकेर कार्ययोजना निमार्ण गरि सदस्यहरु विच छलफल भएको अध्यक्ष शेर्पाले बताउनुभयो । सुरक्षा जालो नितान्त निस्वार्थ भावले आर्थिक विपन्न, हिंसा पिडित, दीर्घ रोगी र विभिन्न दैविक प्रकोपबाट पिडित भएकाहरुलाई सहयोग गर्ने उद्देश्यले शुरु भएको हो । सुरक्षा जालोले कम्तिमा बिरामीहरुको स्वास्थ्य बीमा गर्न पुग्ने रकम ३ हजार ५ सय सहयोग प्रदान गर्दै आएको छ । जालोमा ७२ भन्दा धेरै सदस्यहरु आबद्ध छन । समाजसेवी, शिक्षक, सञ्चारकर्मी, परामर्शकर्ता, कर्मचारी, राजनीतिज्ञ लगायत सर्वसाधारण महिलाहरु समेत जालोमा स्वच्छिक रुपले आबद्ध भएका छन ।
यी नै सदस्यहरुबाट स्वइच्छाले मासिक कम्तिमा ५० रुपैयाँ दानपेटिकामा दान गर्ने गरिएको छ । दानपेटिकामा जम्मा भएको रकम र जन्मदिन, विवाह वर्षगाँठमा जम्मा भएको रकमबाट दुःखी पिडितहरुलाई सहयोग प्रदान गर्दै आएको जालोले जनाएको छ ।
५ मंसिर २०८१, बुधबार
0
Shares