३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

राष्ट्रिय कर दिवस : उत्कृष्ट करदाता सम्मानित


७ मंसिर २०८१, शुक्रबार  

8
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । करदाता सेवा कार्यालय ओखलढुंगाले सबैभन्दा बढी कर तिरेका २ जना करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आज सम्मान गरिएको हो । कार्यलयले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिरेका ओखलढुंगाको गोबिन्द हार्डवेयर सप्लायर्स प्रा.लि र सोलुखुम्बुको सल्लेरी च्याल्सा जलविद्युत् कम्पनी लिमिटेडलाई प्रमाण पत्रको साथमा सम्मान गरिएको करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत अर्बिन रानाभाटले जानकारी दिनुभयो । ओखलढुंगाको गोबिन्द हार्डवेरले यस वर्ष सहित लगातार ११ औं पटक जिल्लाकै सबै भन्दा बढी कर तिर्ने करदाता व्यवसायी बनेको छ । यस्तै १३ औँ कर दिवसको अवसरमा “कर प्रणालीको सार, लगानीको आधार“ भन्ने नाराको साथ कार्यालयले अवसरमा सप्ताव्यापी विभिन्न कार्यक्रम गरिएको कर कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ११ : ५६ बजे