२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

वृद्धाको हत्या आरोपमा खिजिदेम्बाका एक किशोर पक्राउ


१० मंसिर २०८१, सोमबार  

118
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) खिजिदेम्बा गाउँपालिकामा वृद्धाको हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका – ६ का ८२ बर्ष कि ठगमायाँ सुनुवारको हत्या गरेको आरोपमा सोहि ठाउँका १३ वर्षिय किशोर पक्राउ परेका हुन् । गत ५ गते मृतक वृद्धाको नाती नाता पर्ने किशोरले आगो फुक्न प्रयोग हुने फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेको र घटनापछि सोही अबस्थामा छाडि हिडेकोमा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
मृतक वृद्धाले मादक पदार्थ सेवन गरि किशोरलाई अपशब्द र गाली गलौज गर्ने गर्थिन र सोहि दिन बेलुका पनि किशोर कामको लागि वृद्धाको घरको बाटो जादैगर्दा बोलाई बिभिन्न अपशब्द प्रयोग गर्दै लाठीे समेतले पिटेको आरोपित किशोरले बताएका छन् । सधै बिनाकारण अपशब्द÷ गालीगलौज गर्ने र पिट्ने समेत गरेको हुदा उक्त कार्य सहन नसकेकाले आगो फुक्न प्रयोग हुने फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेको र घटनापछी सोही अबस्थामा छाडि हिडेको किशोरले स्विकार गरेका छन् ।
आरोपीत किशोरलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धा÷ कसुरमा सम्मानीत अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १२ : ०२ बजे