३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

खिजीदेम्बाले निशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दै


१९ मंसिर २०८१, बुधबार  

86
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा ) खिजीदेम्बा गाउँपालिकाले निशुल्क ३ महिने लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१÷८२ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत सरकारी सेवा प्रतीको आकर्षणलाई मध्यनजर गर्दै ३ महिने लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको हो । गाउँपालिका भित्रका ईच्छुक नागरिकहरुले पौष ५ गते सम्म आवेदन दिन भनेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतम गौरवराज केसीले जानकारी दिनुभयो । आवेदकले प्रमाणपत्र तह उतीर्ण गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई सरोजगारीको अवसर सिर्जना गरि नियमित रुपमा सेवा दिने जनशत्ति उत्पादन गर्ने उद्देश्यले नायव सुव्वा र खरिदार पदको लागी निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : २३ बजे