२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि पलापुलाई


९ पुस २०८१, मंगलबार  

62
Shares

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) मानेभन्ज्याङ गाउँपालिकामा सञ्चालित अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिकादेवी पलापुले जितेको छ । मानेभन्ज्याङ गाउँपालिका –१ मोलीमा मंगलबार सम्पन्न भलिबल प्रतियोगिताको उपाधि कालिकादेवी पलापुले जितेको हो ।उपाधिसँगै पलापुले नगद १ लाख ५१ हजार १ सय ५१ को साथमा शिल्ड मेडल प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगितामा हतुवागढी गाउँपालिका भोजपुर उपविजेता हुँदै ७५ हजार ७५ को साथमा शिल्ड मेडल प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै नेपाली सेना दर्गा बक्स गण ओखलढुंगाले तृतिय स्थान हाँसिल गदै ३५ हजार ३५ को साथमा शिल्ड मेडल प्रमाण– पत्र प्राप्त गरेको छ । प्रतियोगितामा कालिकादेवी पलापुका खेलाडी समिप क्षेष्ठ उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडी बनेका छन् भने उत्कृष्ट सेटर रमेश श्रेष्ठ बनेको छ । यस्तै हतुवागढी गाउँपालिका भोजपुरका जीवन राई उत्कृष्ट खेल प्रदर्शन खेलाडी बनेको छन् भने राम कुमार तामाङ उत्कृष्ट स्पाइकर बनेका छन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई क्रमशः नगद ५ हजारको साथमा शिल्ड मेडल प्रमाण–पत्रको वितरण गरिएको खेल संयोजक अर्जुन कुमार राईले जानकारी दिनुभयो । “पर्यटन प्रबद्र्धन, कृषी र पुर्वाधार, स्वस्थ जनशक्ती विकासका साँझेदार” भन्ने मुल नाराका साथ मोली सेवा समाजको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पौष ५ गते देखी ९ गते सम्म प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ५४ बजे