२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

रुम्जाटार माविले जित्यो राष्ट्रपति रनिङसिल्डको उपाधि


१३ पुस २०८१, शनिबार  

70
Shares

पुष १३ । सिद्धिचरणमा चौथो राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिताको उपाधि रुम्जाटार माध्यमिक विद्यालयले जितेको छ । सिद्धिचरण नगरपालिकामा शनीबार सम्पन्न नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिताको उपाधि रुम्जाटार मावि रुम्जाटारले जितेको हो ।रुम्जाटार मावि रुम्जाटारले ११ स्वर्ण, १६ रजत र ५ काश्य सहित कुल ३२ पदक प्राप्त गर्दै प्रथम भएको हो । त्यस्तै सगरमाथा जनता माविले ११ स्वर्ण, ८ रजत र ११ काश्य पदक सहित कुल ३० पदकका साथ दोस्रो बनेको छ । ५ स्वर्ण, ७ रजत र ५ काश्य सहित कुल १७ पदकका साथ लालीगुराँस इङ्लिस बोर्डिङ स्कुल तेस्रो बनेको छ । शुभलक्ष्मी इङ्लिस बोर्डिङ स्कुलले ५ स्वर्ण र १ रजत सहित कुल ६ पदकका साथ चौथो बनेको छ । त्यस्तै राज्यलक्ष्मी मावि सानिटार तीन स्वर्ण ३ रजतसहित ६ पदक प्राप्त गर्दै पाँचौं बनेको छ । जाल्पा मावि गैरीगाउँले ३ स्वर्ण, २ रजत र ६ काश्य सहित ११ पदक प्राप्त गर्दै छैठौँ बनेको छ । प्रतियोगितामा १८ ओटा मावि तहका विद्यालयबाट सहभागीता रहेको जिल्ला खेलकुद विकास समितका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरुलाई सिल्ड मेडल र प्रमाणपत्र वितरण गरेको छ । प्रतियोगिता सिद्धिचरण नगरपालिका –१२ स्थित सजा माविको खेलमैदानमा मंसिर १० गतेदेखी १३ गते सम्म सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ३ : २० बजे