ओखलढुंगा ( रेडियो ओखलढुंगा ) माघको पहिलो हप्ताभित्र भारतले नेपाल सरकारलाई उपल्बध गराएको बेलिब्रिज पहिरे खोलामा हालिसक्ने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताउनु भएको छ । आज (मंगलबार) ओखलढुंगामा नेपालि कांग्रेसको १ सय दिने अभियान समापन कार्यक्रमको अवसरमा नेपाल प्रेस युनियन जिल्ला शाखा, ओखलढुंगाद्धरा आयोजित पत्रकार सम्मेलनमा सभापति खतिवडाले मोलुङ –५ मा रहेको पहिरे खोलामा माघको पहिलो हप्तासम्म भारतले उपल्बध गराएको बेलिब्रिज हालिसक्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “टेन्डर परेर अन्तिम चरणमा आर्थिक प्रस्ताव आउने बेलामा सरकार परिवर्तन भयो । यो संघले होईन प्रदेशले गर्ने कार्य थियो । डुब्लिकेशन अहिले संघ र प्रदेशले गरेको छैन् । सबै प्रक्रिया पुरा भइसके पछि तुरुन्तै सरकार परिवर्तन हुने बित्तिकै राजनीति पनि छ कि के छ मलाई थाहा छैन् । यस्तो कुरामा हामि राजनीति देखाउन पनि चाहादैनौं । यो सधै भोट माग्ने माध्यम नबनोस भन्ने हाम्रो चाहाना हो ।”
गत भदौमा इलाममा रहेको बेलिब्रिज ल्याएर हाल्ने नेपाल सरकार, भौतिक पूर्वधार मन्त्रालय र मन्त्रिस्तरीय निर्णय पश्चात बेलिब्रिज ल्याउने समयमा रोकिए पछि समयमै बेलिब्रिज हाल्न नसकिएको उहाँले बताउनुभयो । हालै नेपाल सरकारलाई भारतले १६ वटा भन्दा बढी बेलिब्रिज उपल्बध गराएको र यँहि (पुष) महिनादेखि माघको पहिलो हप्ता सम्म एउटा बेलिब्रिज लयाएर हालिसक्ने उहाँले बताउनुभयो ।
१६ पुस २०८१, मंगलबार
86
Shares