२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

चीनमा भूकम्पमा परेर ३६ जनाको मृत्यु


२३ पुस २०८१, मंगलबार  

36
Shares

पौष,२३ चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।
तिब्बतको डिङ्गे आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ७ म्याग्निच्युडको धक्का मापन गरिएको गरिएको छ ।
भूकम्पको धक्का ओखलढुंगामा समेत महशुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ४३ बजे