पुष २५, पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश नितीज राईको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएको थियो ।
न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखियो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो ।
२५ पुस २०८१, बिहिबार
28
Shares