२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

मोलुङ गाउँपालिकाद्धरा आयोजित चौंथो राष्ट्रपति रनिङशिल्डको उपाधी बरुणेस्वर माविलाई


२६ पुस २०८१, शुक्रबार  

42
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) मोलुङ गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरुणेश्वर माध्यमिक विद्यालय रामपुरले जितेको छ । बिहिबार रामपुरमा सम्पन्न भएको प्रतियोगितामा बरुणेश्वर माध्यमिक विद्यालय रामपुरले कुल २७ पदकका साथ उपाधि जितेको हो ।
बरुणेश्वर माध्यामिक विद्यालय रामपुरले १५ स्वर्ण, ९ रजत र ३ कास्य सहित कूल २७ पदकका साथ प्रथम भएको हो । त्यस्तै ९ स्वर्ण, ७ रजत र २ कास्य सहित कुल १८ पदकका साथ जेसे माध्यामिक विद्यालय जेसे दोस्रो भएको छ । उता शिवदुती माध्यामिक विद्यालय प्राप्चाले पनि ६ स्वर्ण, १ रजत र ६ कास्य पदक सहित कुल १३ पदकका साथ तेस्रो बनेको छ ।
त्यसैगरी सरस्वती माध्यामिक विद्यालय बुङनाम कुन्तादेवीले २ स्वर्ण, ७ रजत र १ कास्य सहित कूल १० पदक सहित चौथो बनेको छ । उता राँगादिप माध्यामिक विद्यालय ले पनि १ स्वर्ण, २ रजत र ५ कास्य सहित ८ पदक साथ पाँचौं बनेको छ । कालिका माध्यामिक विद्यालय प्राप्चाले १ स्वर्ण २ रजत र ४ कास्य सहित कुल ७ पदक प्राप्त गरेको छ ।
त्यस्तै पात्ले माध्यामिक विद्यालय १ स्वर्ण १ रजत र २ कास्य सहित ४ पदक, गणेश माध्यामिक विद्यालय ढुस्केले ३ रजत, ४ कास्य सहित ७ पदक, जिवन प्रदिप मावि हर्कपुरले ३ रजत र २ कास्य सहित ५ पदक र गुरुकुल माध्यामिक विद्यालयले १ कास्य पदक प्राप्त गरेको छ ।
यँहि पुष २३ गतेदेखि सुरु भएको प्रतियोगिता गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राईको प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  २ : ०० बजे