२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

चिशंखुगढीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि माम्खा माविलाई


१० माघ २०८१, बिहिबार  

38
Shares


माग १० । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माम्खा मावि माम्खाले जितेको छ । गत ७ गतेदेखी सुरु भएको रनिङ शिल्डका विभिन्न खेलहरुको उत्कृष्ठ प्रदर्शन गर्दै माम्खा मावि माम्खाले उपाधि जितेको हो । एथ्लेटिक्स सहित विभिन्न १७ प्रकारका खेलहरूमा विद्यालयले १३ स्वर्ण ७ रजत र ३ कास्य पदक गरि २३ पदक सर्वाधिक जित्दै शिल्ड हात पार्न सफल भएको हो । ७ विद्यालय सहभागी रनिङ शिल्डका प्रतियोगितामा कुइभीर मावि कुइभीर दोश्रो भएको छ । उक्त विद्यालयले प्रतियोगितामा ७ स्वर्ण ७ रजत र ८ काश्य सहित २२ पदक जित्दै दोश्रो भएको हो । प्रतियोगितामा तेश्रो स्थान जालपा मावि कालीमाटी ७ स्वर्ण, २ रजत र ४ काश्य सहित १३ पदक जित्दै तेश्रो हुन सफल भएको हो । चिशंखुगढी गाउँपालिका –८ को माम्खा मावि माम्खामा सञ्चालन भएको प्रतियोगिताको प्रथम द्धतिय तृतिय र सान्त्वना हुने विद्यालयले क्रमश नगद २१ हजार १७ हजार १४ हजार र १० हजारको साथमा सिल्ड मेडल र प्रमानपत्र वितरण गरिएको छ । प्रतियोगिताको समापन समारोह गाउँपालिका अध्यक्ष निशान्त शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापा, वडा अध्यक्षहरु, ७ वटै माविका प्रधानाध्यापक, विद्यार्थी, शिक्षक कर्मचारी तथा खेलप्रेमी स्थानीहरुको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ४ : १४ बजे