२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा प्रविण मुनाल चयन


११ माघ २०८१, शुक्रबार  

72
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा ) प्रेस चौतारी नेपाल ओखलढुंगाको जिल्ला शाखाको अध्यक्षमा प्रविण मुनाल चयन हुनुभएको छ । आज सम्पन्न छैटौं जिल्ला अधिवेशनले मुनालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा यमुलाल ढकाल, देविका राई, सचिवमा कृष्ण जित राई र सहसचिवमा लक्ष्मी बानिया, कोषाध्यक्षमा राधा बानिया चयन हुनुभएको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा रबिन श्रेष्ठ, सरस्वती बानिया र प्रविण मुनाल निर्वाचित हुनुभएको छ । अधिवेशन प्रेस चौतारी नेपाल ओखलढुंगाका निवर्तमान अध्यक्ष सरस्वती बानियाको अध्यक्षता तथा केन्द्रिय सदस्य नुतन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : २२ बजे