ओखलढुंगा (रेडियो ओखलढुंगा ) सुनकोशी गाँउपालिकामा भएको अन्तरविद्यालय स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रबुद्ध माध्यमिक विद्यालय च्यानमले जितेको छ । १४ स्वर्ण ६ रजत र १ कास्य सहित कूल २१ पदका साथ प्रबुद्ध माध्यमिक विद्यालय च्यानमले उपाधि जितेको हो ।
कालिका माध्यमिक विद्यालय सिस्नेरीले ५ स्वर्ण, ३ रजत र ३ कास्य सहित कूल ११ पदकका साथ दोश्रो भएको छ । ३ स्वर्ण, ७ रजत र १ कास्य पदक सहित कुल ११ पदकका साथ थानी माध्यमिक विद्यालय जेरुङ तेश्रो भएको छ ।
प्रतियोगिताको समापन सत्रमा गत वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगितामा सुनकोशी गाँउपालिकाको प्रतिनिधित्व गरि खेलेर स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाइ जनही २÷२ हजार प्रदान गर्ने गाँउ पालिकाका अध्यक्ष कमल तामाङले गरेको घोषणा बमोजिम ९ वटा स्वर्ण पदक विजेता खेलाडीलाई पनि जनही २÷२ हजारका साथ सम्मान गरिएको थियो ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगितामा सुनकोशी गाँउपालिकाका १३ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए । गत शुक्रबारबाट शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
१४ माघ २०८१, सोमबार
14
Shares