२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

यातायात कार्यालय सार्न लागेको भन्दै तालाबन्दी


१४ माघ २०८१, सोमबार  

54
Shares


ओखलढुंगा (रेडियो )ओखलढुंगाको रुम्जाटारमा रहेको यातायात कार्यालय कोसी प्रदेश सरकारले हर्कपुरमा सार्न लागेको भन्दै स्थानीय ले एमाले पार्टी कार्यालय र नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा तालबन्दी गरेका छन् । नारा जुलुससहित आएका युवा,स्थानीय र एमालेका कार्यकर्ताहरूले सोमबार तालाबन्दी गरेका हुन् ।
चार वर्ष पहिले कार्यालय स्थापना भइ सेवा दिइरहेको र जग्गा प्राप्तिका लागि स्थानीयले जग्गा दिए पनि प्रदेश सरकारले पास गर्न सहमति नदिइरहेको अवस्थामा मानेभञ्ज्याङको हर्कपुर स्थापनाको तयारी भइ पत्राचार भएको थियो । स्थानीय र एमाले नेता अम्बिर गुरुङल गायतको दबाबपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हर्कपुर पटके कर संकलन केन्द्र राख्न अर्को पत्र पठाएको छ ।
स्थानीय भने सार्ने षड्यन्त्र भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कार्यालय रुम्जाटारमै राख्ने र जग्गा प्राप्तिका लागि अनुमति नदिएसम्म आन्दोलन जारी रहने बताएका छन । यस कार्यालयबाट सवारी नवीकरण चालक अनुमतिपत्र वितरण कर संकलनलगायतका काम ओखलढुंगा,खोटाङ र सोलुखुम्बु जिल्ला कार्य क्षेत्र रहने गरि सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : १९ बजे