ओखलढुंगा (रेडियो ओखलढुंगा )नेपाल निजामती कर्मचारी संगठन ओखलढुंगाकोे १२ औँ अधिवेशनले रोजन कार्कीलाई अध्यक्षमा चयन गरेको छ । बुधबार ओखलढुंगामा सम्पन्न अधिवेशनले खत्रीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा शान्ति लाल सापकोटा र अनिता फुयाल, सचिवमा राम हजुर थापा, कोषाध्यक्षमा होम बहादुर थापामगर र सह–सचिवमा बिनोद दाहाल चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा लक्ष्मी घिमिरे शसिकला श्रेष्ठ ,कबिता खड्का , भुबन ढकाल, मोहन खतिवडा बिष्णु केसी र झनक धमला चयन हुनुभएको छ । साथै अधिवेशनले लेखा परीक्षण आयोगको संयोजकमा राजेन्द्र धमलालाई चयन गरेको छ ।
यस्तै केन्द्रिय प्रतिनिधि तर्फ बिजयकान्त धमला ,सुजन घिमिरे अन्जु कटवाल , बालकृष्ण श्रेष्ठ चयन भएको छ । प्रदेश प्रतिनिधि तर्फ दिपक राजभण्डारी ,यग्यश्वर दाहाल कौशल आचर्य , दिब्यराज दाहाल निर्वाचित हनुभएको छ ।
१७ माघ २०८१, बिहिबार
22
Shares