२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

मानेभञ्ज्याङमा सुमो दुर्घटना हुँदा ३ जनाको मुत्यु


१७ माघ २०८१, बिहिबार  

58
Shares

माग १७ । ओखलढुंगाको हर्कपुरमा सुमो दुर्घटना हँुदा खोटाङका तीन जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाण्डौतर्फ जादै गरेको ना १ ज ६४२१ नम्बरको सुमो गए राति मानेभञ्ज्याङ गाउपालिका–७ स्थित भडारे खोला सिद्धिचरण राजमार्ग पक्की सडकखण्ड दुर्घटना भएको हो ।दुर्घटनामा परि खोटाङको केपिलासगढी गाउँपालिका–३ बस्ने ५६ बर्षीय माया देवी गुरुङ, उनको छोरा २८ बर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ बस्ने ४५ बर्षीय तारा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।दुर्घटनाग्रस्त सुमो सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।अन्य घाइते हालसम्म कुनै विवरण नरहेको र चालकको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ओलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ५ : २४ बजे