२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

शेर्पाद्धारा लट्टेबारी युवा क्लबलाई जग्गा दान


१८ माघ २०८१, शुक्रबार  

192
Shares

पदम तामाङ (मिलन)
१७ माघ २०८१, बिहीवार
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–६, लट्टेबारीमा रहेको लट्टेबारी विकास युवा क्लबलाई स्थानीय ६० वर्षीया छोकी शेर्पाले जग्गा दान दिनुभएको छ । करीव ५० हजार बराबरको १ रोपनी जग्गा शेर्पाले क्लवलाई दानवापत दिनुभएको हो ।
गत माघ १६ गते बसेको नियमित बैठकमा शेर्पाले उक्त जग्गा निःशुल्क रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको क्लबका अध्यक्ष गोबिन्द कुमार खत्रीले जानकारी दिनुभयो । २०७७ मंसिरमा स्थापना भएको क्लवले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमसहित सक्रिय रूपमा रुपान्तरणका कार्यहरु गर्दै आएको छ । क्लवले समाजमा रहेका विकृति र विसंगतिहरू हटाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान दिई सकारात्मक कार्य गरेकाले कार्यालय स्थापनाका लागि भवन निर्माण गर्न जग्गा निःशुल्क उपलब्ध गराउने निधो गरेको जग्गादाता शेर्पाको भनाइ छ ।
प्राप्त जग्गालाई प्रकृया पूरा गरेर छिट्टै क्लवको नाममा रजिष्ट्रेशन गर्ने र भवन निर्माणका लागि योजना बनाएर तत्काल पहल गर्ने अध्यक्ष खत्रीको भनाई छ । सोही अवसरमा जग्गादाता शेर्पालाई क्लवले सम्मान समेत गरेको छ ।
(प्रशिक्षार्थी पत्रकार)

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ११ : ४३ बजे