ओखलढुंगा (रेडियो ओखलढुंगा ) जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ६ महिनाको अवधिमै वार्षिक लक्ष्य हासिल गरेको छ । प्रहरी कार्यालयले गत साउनदेखि पुस महिनासम्म ६० जना फरार प्रतिवादी पक्राउ गरी लक्ष्य हासिल गरेको हो ।
प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले ६ महिनाको अवधिमै कार्यसम्पादन सम्झौताभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो । पक्राउ परेका प्रतिवादीहरुमध्ये अभद्र व्यवहारका २२ जना, गाली बेइजतीका ६ जना, कुटपिटका ५ जना, बाली लुटपिटका ४ जना, बालयौन दुरुपयोगका २ जना, हाडनाता करणका १ जना, चोरीका २ जना, कर्तव्य ज्यानका २ जना, सार्वजनिक अपराधा २ जना रहेका छन् ।
यस्तै सवारी ज्यानका २ जना, कुटपिट लुटपिटका २ जना, जवरजस्ती करणी उद्योगका १ जना, लिखित बदरका १ जना, बैंकिङ कसुरका १ जना, लिखित बेइजतीका १ जना, नक्कली प्रमाणपत्र भ्रष्टाचारका १ जना, वन पैदावर हानी नोक्सानीका १ जना र वहुविहान १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सबै पक्राउ परेका फरार प्रतिवादीहरुलाई ४७ वर्ष ४ महिना ७ दिन कदै सजाय र ८ लाख ९५ हजार ७ सय ६६ रुपैयाँ ३३ पैसा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानाएको छ ।