ओखलढुंगा । जिल्लाको खिजीदेम्बा ९ स्थित उच्च हिमाली सामुदायिक वन उपभोक्ता समितिले नयाँ नेतृत्व पाएको छ । माघ १८ गते बसेको बार्षिक साधारणसभाबाट समितिको अध्यक्षमा गेल्बु शेर्पा (लट्टेबारी) लाई चयन गरेको हो ।
स्थापना कालदेखि करीव ३ कार्यकाल आँदामी शेर्पाले नेतृत्व गरेको सामुदायिक बनको उपाध्यक्षमा सोनाम शेर्पा (खर्सुबोट), सचिवमा आङ दावा शेर्पा (छेर्मादिङ), कोषाध्यक्षमा पिठुमाया विक (फाप्रे), सहसचिवमा ङिमा शेर्पा (तालकोट) लगायत ९ सदस्यीय कार्यसमिति चयन गरेको स्थानीय सञ्चारकर्मी लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
बार्षिक भेलामा अध्यक्ष शेर्पाले सामुदायिक वनको प्रगती, गतिविधि र आफ्नो कार्यकालमा भएका कामको विवरण प्रस्तु गर्नुभएको थियो । त्यस्तै, कोषाध्यक्ष ङावा पेम्बा शेर्पाले समूहको हालसम्मको आर्थिक प्रगती र खर्चको विवरण भेलामा पेश गर्नुभएको थियो ।
खिजीदेम्बा ९ र मोलुङ ७ का उपभोक्ताहरुले गठन गरेको सामुदायिक वनले बार्षिक रुपमा वातावरण संरक्षण, प्रबद्र्धन र उपभोक्ताहरुको आर्थिक हैसियत उठाउने खाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै, वन क्षेत्रमा वृक्षारोपण, गैरकाष्ठ वनपैदावरको खेती विस्तार, पहिचान र संरक्षणका लागि नियमित क्रियाकलापहरु सञ्चालन गर्दै आएको र अझ नयाँ कार्यक्रमका साथ उपभोक्ताको हित, विपन्न उपभोक्ताको जिविकोपार्जन सुधार र सहज रुपमा पहुँच स्थापना गर्ने खाले कार्यक्रम सञ्चालन गर्दै पारिस्कृत रुपमा अघि बढ्ने नवनिर्वाचित अध्यक्ष शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१९ माघ २०८१, शनिबार
224
Shares