२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

शेर्पा कलाकारको नेतृत्वमा पाल्मु शेर्पा चयन


२० माघ २०८१, आइतबार  

44
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) शेर्पा कलाकार संघको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल शेर्पा संघको भवनमा सम्पन्न अधिवेशनले ख्याती प्राप्त गायिका पाल्मु शेर्पा (सिन्धुपाल्चोक) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा छोङबा शेर्पा (सोलुखुम्बु), महिला उपाध्यक्षमा छोकी शेर्पा (सोलुखुम्बु), महासचिवमा सोनतेन्जी शेर्पा (ओखलढुंगा), सचिवमा दाबुटी शेर्पा (दोलखा) र कोषाध्यक्षमा पेमा याङजी शेर्पा () चयन भएको प्रवक्ता सोनाम याङजी शेर्पाले जानकारी दिनुभयो ।
सदस्यहरुमा दावा शेर्पा, माया शेर्पा, छिरिङ शेर्पा, ङावाङ जी शेर्पा, मिङमा शेर्पा लगायत रहनु भएको जनाइएको छ ।
बरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा निवर्तमान अध्यक्ष कुंगा शेर्पाले संस्थाको प्रगती र आफ्ना कार्यकालमा भएका उपलब्धिहरुको फेरिस्त प्रस्तुत गर्नुभयो । महासचिव लमु शेर्पाले संघको वर्तमान अवस्था र भावि रणनीति बारे विवरण प्रस्तुत गर्नुभएको सचिव डिजे सोनामले जानकारी दिनुभयो ।
शेर्पा जातिको भाषा, धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्दै कलाकारितामार्फत समाज रुपान्तरणमा लागि परेका कलाकारहरुलाई एकताबद्ध गराई अग्रसरता देखाउने र शेर्पा कलाकारहरुको हकहित र अवसरहरुका लागि पैरवी गर्ने हेतुले ७ बर्षअघि संघ स्थापना भएको थियो । संघले स्थापनाको छोटो अवधिमा नै शेर्पा समुदायमा दीर्घकालिन प्रभाव राख्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष शेर्पा, समुदायमा लोकप्रियता कलाकारको रुपमा स्थापित छ । दर्जनौ शेर्पा तथा नेपाली गीतमा आवाज भरेकी शेर्पाले आफ्नै अभिनयमा म्यूजिक भिडियोहरु समेत बजारमा ल्याइसक्नु भएको छ । चर्चित गायक शम्भुजित बास्कोटा लगायत ख्याती प्राप्त कलाकारहरुसँग स्वर अनुबन्ध गरेकी अध्यक्ष शेर्पा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आफ्नो सुरिलो आवाज भर्दै आउनु भएको छ । नवनिर्वाचित अध्यक्ष शेर्पाले कलाकारहरुलाई एकजुट बनाउँदै संस्थागत विकास र कलाकारहरुको भविष्यका लागि समेत दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ४८ बजे