२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

प्रथम तालेपोखरी भलिबल प्रतियोगिताको उपाधि कुइभिरलाई


२० माघ २०८१, आइतबार  

38
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) चिशंखुगढीमा प्रथम तालेपोखरी कप वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि कुइभिरले जितेको छ । चिशंखुगढीमा गाँउपालिकाको वडा नं. ६ भदौरेले आयोजना गरेको आज सम्पन्न प्रतियोगितामा कुइभिरले खोटाङको डुम्रे धारापानीलाई ३–१ सेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कुइभिरले नगद रु १ लाख १ रुपैयाँ सहित तालेपोखरी कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो बनेको डुम्र धारापानीले नगद रु ७५ हजार १ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै मानेभन्ज्याङ गाउँपालिका –४ पंखु तेश्रो बनेको छ । तेश्रो बनेको पंखुले नगद रु ५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने चौंथो बनेको चिसंखुगढी गाउँपालिका–३ दियालेले नगद रु २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा कुइभिरका सुनिल माझी सर्वोत्कृष्ट खेलाडि बनेको छ । माझीले नगद रु ५ हजार ५ सय ५५ सहित ट्रफी प्राप्त गरको छ । प्रतियोगितामा उत्कृष्ट ओपन स्पाइकर डुम्रे धारापानीका सन्तोष पाण्डे, उत्कृष्ट क्विक स्पाइकर पंखुका प्रकाश राई, उत्कृष्ट डिफेन्डर डुम्रे धारापानीका सविन मगर घोषित बन्दै नगद रु ३ हजार ३ सय ३३ का साथमा ट्रफी प्राप्त गरेका छन् ।
त्यस्तै उत्कृष्ट सेटर कुइभिरका मिलन माझी, उत्कृष्ट ब्लकर डुम्रे धारापानीका रचन गुरुङ, उत्कृष्ट सर्भर पंखुका दिलिप राई घोषित हुदै नगद रु ३ हजार ३ सय ३३ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै कुइभिरका सुमन माझी अनुशासित खेलाडी तथा दियालेका उत्तम श्रेष्ठ नव उदियमान खेलाडी घोषित हुदै नगद रु ३ हजार ३ सय ३३ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ४१ बजे