२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

गोठमा आगलागी हुँदा २ लाख बराबरको क्षती


२० माघ २०८१, आइतबार  

52
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) सिद्धिचरण नगरपालिका –७ बिगुटार स्थित दोल्पुको एक गोठमा अचानक आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ ।स्थानिय डिल्ली बहादुर कार्कीको गोठमा आईतबार विहान आगलागी हुँदा २ लाख बराबरको क्षती भएको हो ।
आगलागीबाट उनको गोठमा बाँधेर राखेको १ वटा भैँसी र २ वटा खसीबाख्रा मरेका छन । त्यस्तै एउँटा भैँसी १ वटा भैँसीको पाँडो र २ वटा खसीबाखा्र आगोले जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो स्थानियबासी र प्रहरीको प्रयासमा नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ०० बजे