२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

सरस्वती मन्दिर निर्माण गरि बौद्ध धर्म विधि अनुसार उद्घाटन


२१ माघ २०८१, सोमबार  

420
Shares

लाक्पा छिरी शेर्पा
माघ २१, सोमबार
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका– १० मा रहेको फतान्जे आधारभूत विद्यालयमा निर्माण गरिएको सरस्वती मन्दिर बौद्ध धर्म विधि अनुसार उद्घाटन गरिएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व, सरस्वती पूजाको अवसरमा मन्दिर बौद्ध धर्म विधि अनुसार उद्घाटन गरिएको हो ।
माघ ५ गते निर्माण सम्पन्न भएको मन्दिर सरस्वती पूजाको अवसरमा वडाध्यक्ष होमबहादुर मगर र बौद्ध धर्म गुरु आङ बाबु लामाले बौद्ध धर्मविधि अनुसार पूजापाठ गरी उद्घाटन गर्नुभएको सहायक प्रधानाध्यापक दोर्जी शेर्पाले बताउनुभयो ।
करिब १ लाख २० हजार लागतमा निर्माण सम्पन्न भएको मन्दिरका लागि सरस्वतीको मूर्ति विद्यालयको पूर्व प्रधानाध्यापक भलाकाजी शेर्पाले प्रदान गर्नुभएको थियो ।
विद्यालयको अन्तरिक स्रोतबाट निर्माण गरिएको मन्दिरमा वसन्तपञ्चमीको दिन बौद्ध परम्परा अनुसार नियमित पूजा गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा छिरी शेर्पाले जानकारी दिनुभएको छ । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्ण मगरको भनाई छ ।
(प्रशिक्षार्थी पत्रकार)

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ११ : ३९ बजे