ओखलढुंगा (रेडियो ओखलढुंगा) आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ जिल्लाको चार स्थानिय तहमा दिँदैछ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका, चम्पादेवी, चिशंखुगढी र लिखु गाउँपालिकामा ‘एचपीभी खोप’ दिइने भएको हो ।
भोली देखी बाँकी रहेका पालिका मानेभञ्ज्याङ, सुनकोशी, मोलुङ र खिजिदेम्बामा खोप दिईने स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका प्रमुख कर्मचन्द्र राजवंशीले बताउनुभयो । सबै स्थानिय तहहरुमा २७ गते सम्म खोप अभियान सञ्चालन हुनेछ । विद्यालय तहका ६ देखी १०कक्षा सम्मका र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने छ । विद्यालय, स्वास्थ्य चौकी र अन्य स्थान गरि २१३ खोप केन्द्र बाट जिल्लाका सात हजार २०१ किशोरीलाई खोप लगाउने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।
यस्तै आजदेखि देशभर ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ ।
२२ माघ २०८१, मंगलबार
22
Shares