३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सुनकोशीका राईले काश्य पदक जिते


२४ माघ २०८१, बिहिबार  

34
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) अन्तराष्ट्रिय खुल्ला (ओपन) किक बक्सिङ प्रतियोगितामा सुनकोशीका चिरन राईले काश्य पदक जितेका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ का राईले फेब्रुअरी ५ तारिखमा भारतको सम्पन्न अन्तराष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगितामा देशका लागि काश्य पदक जितेका हुन् ।
नेशनल किक बक्सिङ एसोसिएसन मार्फत नेपालको प्रतिनिधित्व गर्दै चौथो वाको इन्डियन खुल्ला (ओपन) किक बक्सिङ प्रतियोगितामा राई सहभागी भएका थिए । सन् २०२५ फेब्रुअरी १ देखी ५ तारिखसम्म भारतमा नयाँ दिल्लीमा भएको प्रतियोगितामा राईले ५१ केजीमुनिको चुनौती प्रस्तुत प्रस्तुत गरेका थिए ।


आर्थिक संकलन गरेर उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हुन् । सुनकोशी गाउँपालिकाले उनलाई ३० हजार सहयोग गरेको थियो । बाँकी खर्च आफन्तहरु मार्फत संकलन गरेर उनी प्रतियोगितामा सहभागी भएको वडा अध्यक्ष टायान्द्र राईले बताउनुभयो । गत वर्ष तालिम सकाएर कोठा फर्किने क्रममा दुर्घटनामा परेर उनको खुट्टामा चोट लागेको थियो । चोटका कारण प्रतियोगितामा सहभागी हुन सकेका थिएनन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ५ : ५३ बजे