३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

१८ जना युवाहरुलाई प्रकृति अवलोकन तालिम


२६ माघ २०८१, शनिबार  

120
Shares

विपना थापा मगर
सुनिता घिमिरे
माघ २६, ओखलढुंगा
युवा सशक्तिकरण परियोजना अन्तर्गत १८ जना युवालाई प्रकृति अवलोकन (नेचर जर्नलिंग) तालिम दिइएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, निशंखेमा स्वयंसेवी अभियान नेपाल (भीन) संस्थाको आयोजनामा १८ जना युवाहरुलाई १ दिने तालिम दिएको हो ।
युरोपियन सोलिडारिटी क्रप्स प्रशिक्षक एस्टर बोरस र सहयोगी श्रेना श्रेष्ठले तलुवा, ठूलाछाप र भदौरेका १८ जना युवालाई नरटीका सामुदायीक सिकाई केन्द्रमा तालिम दिएको जनाइएको छ । तालिममा मानव र प्रकृतिवीच अन्तरसम्बन्धका बारेमा जोड दिएका प्रशिक्षक श्रेना श्रेष्ठले जानकारी दिनुभयो ।
तालिमबाट आपसी घुलमिल, समूहमा मिलेर काम गर्दा छिटो सम्पन्न गर्न सकिने, प्रकृतिको बारेमा विस्तृत रुपमा जानकारी लिएको प्रशिक्षार्थी मनिषा अछामीको भनाई छ । कोठाभित्र बसेर मात्र प्रकृतिको बारेमा थाहा पाउन नसकिने भएकाले त्यसको लागि अवलोकन नै गर्नु पर्ने तालिममार्फत ज्ञान हासिल गरेको प्रशिक्षार्थीहरु बताउँछन् । चित्रमार्फत आफ्नो जीवनको बारेमा उत्तार्न सकिने कुराको तालिबाट हासिल गरेको अर्का प्रशिक्षार्थी मनोज गदाईलीको भनाई छ ।
तालिममा युवाहरुलाई विभिन्न किसिमको जीवन उपयोगी सिपहरुमार्फत सशक्तिकरण गरी भविष्यमा सिपहरुलाई दैनिक जीवनमा उपयोग गर्न सहज होस भन्ने हेतुले आयोजना गरिएको स्वयंसेवी अभियान नेपालका ओखलढुंगा कार्यक्रम संयोजक चोलिन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ५३ बजे