३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

गिरी सेवा समाजबाट शिव महापुराणलाई ६२ हजार सहयोग


२७ माघ २०८१, आइतबार  

78
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगा जिल्लाको ’’कटुञ्जे गिरी सेवा समाज’’ले जलजलेश्वर महादेवमा यही फागुन ३ गतेदेखि सुरु हुन गइरहेको शिवपुराण ज्ञान महायज्ञको लागि ६२ हजार बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । ओखलढुंगा जिल्लाको मध्ये भागमा पर्ने सोलुङ, मोलुङ र धोवी खोलाको त्रिवेणी संगममा रहेको जलजलेश्वर महादेवस्थानमा यही फागुन ३ गते देखि १४ गतेसम्म शिव महापुराण आयोजना हुँदैछ ।
गिरी सेवा समाजले समाजका पदाधिकारीहरु र सल्लाहकारबाट आर्थिक संकलन गरी उक्त सहयोग उपलब्ध गराएको हो । समाजका अध्यक्ष चन्द्रलाल गिरीबाट २१ हजार, उपाध्यक्ष शिवनाराण गिरीबाट ११ हजार र सचिव विष्णु गिरी तथा सल्लाहकारद्धय टंकलाल गिरी र उत्तम गिरीबाट पनि दश दश हजार गरी जम्मा ६२ हजार रकम संकलन भएको थियो । सो रकमबाट महादेवस्थानमा यात्रुहरुलाई बस्नका लागि तीनवटा फलामको बेन्च निर्माण र पुराणको प्रचार‐प्रसारमा केही रकम खर्च भएको छ । र, बाँकी रहेको रकम जलजलेश्वर महादेव प्रतिष्ठानको खातामा जम्मा गरिएको समाजका अध्यक्ष चन्द्रलाल गिरीले जानकारी दिनुभएको छ ।
शिवपुराणको सम्पूर्ण तयारी पुरा भएको शिवपुराण ज्ञान महायज्ञ आयेजक मूल समारोह समितिका संयोजक शम्भु दाहालले बताउनु भएको छ । शिवपुराणमा सहभागी भएर सामाजिक एकता, सद्भाव र समाज सेवामा समर्पित हुन सम्पूर्ण ओखलढुंगाबासी जनतालाई संयोजक दाहालले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ५९ बजे